Home खेलकुद

खेलकुद

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

थ्री स्टारको जीतमा सुशील राईले खेलको तेस्रो मिनेटमा, नवीन लामाले १७ औं मिनेटमा, विदेशी खेलाडी फोफनाले २४ औं मिनेटमा गोल र विदेशी खेलाडी एलेक्सले ३९ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । सबै गोल पहिलो हाफमा भएको हो । पहिलो हाफ आफुलाई सम्हाल्न नसक्दा ४ गोल खान पुगेका हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

1000139790

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

सातौं बागमती गोल्डकप: हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुली – सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ सुरु भएको छ । ‘राष्ट्रको लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने मुल नाराका साथ सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ को सोमबार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

जिल्लाको कमलामाई नगरपालिका ६ खम्बेचौरमा सञ्चालन भएको खेलकुद महोत्सव २०८१ को बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो । फागुन ५ गते देखि १३ सम्म सञ्चालित खेलकुद महोत्सब प्रतियोगितामा भलिबल, फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरि १० वटा खेलहरु हुने छन् ।

जस मध्ये आज पहिलो दिन कबड्डी, सटपुट, १५०० मिटर दौड खेलहररु भएको छ । कबड्डीमा महिला तर्फ कमलामाई नगरपालिका र दुधौली नगरपालिका प्रतिस्पर्धा भएको थियो । जसमा २४÷३३ कोे अन्तरले दुधौली पराजीत हुदै कमलामाई नगरपालिका नकआउटमा प्रवेश गरेको छ । त्यसैगरि फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिकाको बिच भएको प्रतिस्पर्धामा ३७÷४३ को अन्तरले फिक्कल गाउँपालिकालाई पराजीत गर्दै सुनकोशी गाउँपालिका नकआउटमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै एथलेटिक्स तर्फ १५०० मिटर दौड र सटपुटमा कमलामाई, दुधौली नगपालिका , हरिहरपुरगढी, मरिण, सुनकोशी, गोलन्जोर, घ्याङलेख, फिक्कल, तीनपाटन गाउँपालिका बिच भएको प्रतिस्पर्धा भएको थियो । जसमा महिला तर्फ सुनकोशी गाउँपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ । त्यसैगरि पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र सुनकोशी गाउपालिका तेस्रो भएको छ ।

त्यस्तै सटपुटको महिला तर्फ फिक्कल गाउँपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ फिक्कल गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो, तीनपाटन तेस्रो भएको छ । खेलको सुरुमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरिएको थियो । सिन्धुली भलिवल टिम र वर्द बहादुर गणबीच भएको मैत्रीपूर्ण भलिवलमा सिन्धुली भलिवल टिम विजयी भएको थियो ।

खेलमा विभिन्न विधाका १ हजार ३ सय ३३ खेलाडी सहभागि भईरहेका छन । फागुन ६ गते ८ बजेबाट अन्य विधाका खेल सुरु गरिने आयोजक टिमले बताएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मङलबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । गोल्डकपमा दुवै टिम सफल टोलि हो । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोलि हो । चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम,सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे । यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके । खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतले ट्रफी र नगद प्रदान गरे ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ। बागमती(४ स्थित सहिद स्मृति रंगशालामा हुने पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज क्लब भिड्नेछन् ।

दुई टिमबीचको खेल दिउँसो सुरु हुनेछ। विजय टिमले एपीएफ र संकटा क्लबसँग सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताका अवलोकन गर्न मैदान प्रवेशका लागि ५० रुपैयाँ मात्र टिकट तोकिएको छ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ । आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै बीच एपीएफले विजय सुरुवात गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे । बिएफसीका अमन लामाको प्रहार मात्रै गोल भए । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएका थिए । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर बाहिरिए पनि एपीएफले निर्धारित खेल समय आफ्नो पक्षमा पारेको थियो । एपीएफ गत संस्करणको उपविजेतासमेत हो ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी बिएफसी बीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुई टिम बीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। आजको विजय टिमले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

पुर्वप्रधानमन्त्री प्रचण्डले बागमती गाउँपालिकाको आफ्नै लगानीमा निर्मित सहिद स्मृति रंगशालाको पनि उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १-० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ। बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए ।प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिं, प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, कुमारी मोक्तान र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।

0 comments
0 FacebookTwitterPinterestEmail

बागमती – बर्जरपेन्ट्स प्रा.लि.ले ६५ हजार बराबरको सहयोग गरेको छ।बागमती गाउँपालिकाको नब निर्मित सहिद स्मृति रंगशालामा रंग रोगनको लागि बर्जर पेन्टसले सहयोग गरेको हो।

मोफसलकै उत्कृष्ट बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता मा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुदै छ।

बागमती गाउँपालिकाको आर्थिक सहयोग र बागमती गाउँपालिका युवा तथा खेलकुद बिकास समितिको आयोजनामा आउदो फागुन ३ गतेबाट बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सहिद स्मृति रंगशाला झुरझुरेमा हुँदै छ। बागमती गाउँपालिका वडा न.६ निवासी युवा समाजसेवी सुरेश तुम्सिङको पहलमा बर्जर पेइन्टसका मकवानपुरका एच आर म्यानेजर सुरज लामिछाने मार्फत १२० लि. रङ सहयोग प्राप्त भएको छ।

यसअघिका संस्करण जनता मा.वि . फापरबारीमा हुँदै आएको थियो ।यस सस्करणमा उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने छन् । त्यसै गरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैंया सहित शिल्ड प्राप्त गर्नेछन् ।

0 comments
0 FacebookTwitterPinterestEmail

सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। बिहीवार हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिला र पुरुष दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा महिलातर्फको उपाधी वडा नम्बर ४ ले हात पारेको छ। वडा नम्बर ४ ले ६ लाई ५-० गोलले हराएको हो । ४ नम्बरलाई उपाधी दिलाउन कल्पना जिम्बाले व्यक्तिगत ४ गोल गरिन् । खेलको म्यान अफ द म्याच जिम्बा घोषित भइन् । उनले सेमिफाइनलमा पनि ह्याटि्रक गोल गरेकी थिइन् । प्रतियोगितामा उनले ७ गोल गरिन् । इश्वरी माया राईले एक गोल गरेकी थिइन् । जीतसँगै विजेता ४ नम्बरले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ६ नम्बरले २५ हजार १ सय रुपैयाँमा चित्त बुझाएका छन् । प्रतियोगितामा महिलातर्फ उत्कृष्ट मिडफिल्डर २ नम्बरकी प्रमिला गोले, डिफेन्डर ४ नम्बरकी निरुता मोक्तान, गोलरक्षक ४ की मुना कुमारी घिसिङ, सर्वाधिक गोलकर्ता ४ नम्बरकी कल्पना जिम्बा र उत्कृष्ट खेलाडी ६ नम्बरकी सिर्जना मोक्तान घोषित भएका छन् । यस्तै वडा नम्बर १ अनुशासित टिम घोषित भएको छ।
,,,,,,
यस्तै पुरुषतर्फको उपाधी ५ नम्बरले जितेको छ । ८ नम्बर वडालाई २-० गोलले हराउँदै ५ ले लगातार ३ पटक उपाधी जितेको हो । ५ नम्बरलाई जित दिलाउन यमराज योन्जन र नविन घिसिङले एक-एक गोल गरे । पुरुषतर्फको विजेता ५ नम्बरको टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ८ नम्बरले ५१ हजार १ सय रुपैयाँमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट मिडफिल्डर ५ नम्बरका नवीन घिसिङ, डिफेन्डर ५ नम्बरका मिम घलान, गोलरक्षक ५ का अंकित माझी, सर्वाधिक गोलकर्ता ४ नम्बर सुनिल कुमार मोक्तान र उत्कृष्ट खेलाडी ८ नम्बरका सागर माझी घोषित भएका छन् । यस्तै वडा नम्बर ७ अनुशासित टिम घोषित भएको छ। प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा लगायतले बल हस्तान्तरण गरेर फाइनल खेल सुरु गर्नुभएको थियो ।

हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई(हिमाल) को सभाध्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता समापनको सहजीकरण पालिका शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनीले गर्नुभएको थियो भने विधागत उत्कृष्टहरुको विवरण विशेष अफिसियल भुवन राईले प्रस्तुत गर्नुभयो।

0 comments
0 FacebookTwitterPinterestEmail

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: