हेटौंडामा सहिद सप्ताह कार्यक्रममा रक्तदान

11


हेटौंडा, १३ माघ
सहिद सप्ताहको चौथो दिन हेटौंडाको सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सहिस स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि मनाउदैछ ।
शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहुतको पार्कको उद्घाटन गरिएको थियो सचीव रघुनाथ खुलालले जानकारी दिनुभयो ।
माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएका छन् । माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक बिकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: