स्याङ्जामा पत्रकारद्वारा पत्रकार रोशन लामिछानेलाई कुटपिट गर्ने धम्कि

स्याङ्जाका कान्तिपुरकर्मी तथा प्रेस चौतारी गण्डकी प्रदेशका सदस्य रोशन लामिछाने माथि पत्रकार प्रकाश डोटेलले कुटपिट गर्ने धम्की दिएका छन् । शनिवार राति १० बजे फोन मार्फत डोटेलले कुटपिट गर्ने धम्की दिएका हुन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य समेत रहेका डोटेलले आफूले रोशन लामिछानेलाई केही नभनेको बताएका छन् । यद्यपि लामिछानेले फोन रेकर्ड सुरक्षित भएको र ज्यान सुरक्षाको माग गरेका छन् ।

पत्रकार डोटेलले रुखकटान र गोलियामा परिणत गरेबापत वन ऐन २०४९ को दफा ४९ (ण) को कसुरमा ऐ को दफा ५० (१) (ञ) बमोजिम जरिवाना गर्ने गरी जिल्ला अदालतले फैसला गरेको थियो ।

502a77b5 34fb 404a af8a b6e4393e7c07

फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई पत्रकार महासंघको सदस्य हुन नमिल्ने कानुनी व्यवस्था छ । सोही विषयलाई लिएर अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पत्रकार हुन नमिल्ने उजुरी डोटेल विरुद्ध पर्दै आएको थियो ।

पत्रकार महासंघले सदस्यता शुद्धिकरण र जिल्ला जिल्लाबाट परेको उजुरी माथि छानबिन गर्दैछ । छानविनमा भएको उजुरी कस्ले हाल्यो भन्ने विषय गोप्य रहने प्रावधान छ । तर , पत्रकार महासंघबाट तेरो हस्ताक्षर सहितको उजुरी मेरो म्यारेन्जरमा छ भन्दै डोटेलले थर्काएका छन् । नेपाल पत्रकार महासंघमा भएको गोप्य सुचना तथा उजुरी चुहावट हुनु गलत रहेको प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष हरि प्रसाद सुवेदीले बताए ।
रोशन लामिछानेलाई धम्कि दिएकोमा गम्भीर ध्यानआकर्षण जनाउदै प्रेस चौतारी स्याङ्जाले प्रेस बिज्ञप्ति जारि गरेको छ,बिज्ञप्तिमा पत्रकारिता क्षेत्रमा पत्रकारबाट नै ज्यान जोगाउन गाह्रो हुने गरी आएको धम्कीप्रति प्रेस चौतारी नेपाल चिन्तित बनेको छ र दोषी उपर छानबिन गरी कानुनी कारबाहीको माग गरेको छ ।
लामिछानेले आफ्नो ज्यानको सुरक्षा पाउँ भनी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निवेदन दिएका छन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: