काठमान्डौको किर्तिपुरमा नेकपा एमाले हरिहरपुरगढि काठमाडौ सम्पर्क मन्च पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।

किर्तिपुरको बाघभैरब बैङ्केट नगाउँमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डित,अतिथी नेकपा एमाले केन्द्रिय सदस्य तथा ईन्जिनियरिङ बिभाग प्रमुख मनोज जङ्ग थापा, नेकपा एमाले केन्द्रिय सदस्य कमल जङ्ग राई , केन्द्रिय सदस्य सुरेन्द्र मानन्धर, केन्द्रिय सल्लाहकार परिषद सदस्य मिथिला फुयाल, पार्टी बाग्मती प्रदेश सदस्य हिरा लामा, सिन्धुली काठमाडौ सम्पर्क मन्च अध्यक्ष झलक श्रेष्ठ बाग्मती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक कुमार ठकुरी लगायतको आतिथ्यता रहेको थियो भने नेकपा एमाले जिल्ला कमिटी सदस्य झलक माझीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

भेला तथा पुनर्गठन कार्यक्रममा प्रमुख अतिथी पन्डितले एमालेमा युवाको उत्साह देखेर खुशी लागेको बताउनुभयो साथै कतिपयले काम भन्दा पनि कुरा मात्रै गरेको पनि बताउनुभयो। एमालेलाई जनताले आशा भरोसा र बिश्वास गरेको पार्टी हुनाले एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गर्नुभयो। कार्यक्रममा कुमार राईको अध्यक्षतामा अनिल राई उपाध्यक्ष,पदम बहादुर माझी सचिब,भिम बहादुर मुक्तान उप सचिब,निराजनजंग राई कोषाध्यक्ष सहित २१ सदस्यीय कमिटी गठन भएको छ । कार्यक्रममा सयौको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।