बागमती गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि देवकी माविलाई

मकवानपुर l बागमती गाउँपालिका स्तरीय छैठौं  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि देवकी मावि ज्यामिरेले हात पारेको छ ।  वडा नं. ४ स्थित झुर्झुरेको खेलमैदानमा गत शनिबार सम्पन्न भएको प्रतियोगितामा वडा नं. ५ को देवकी माविले उपाधि हात पारेको हो ।

प्रतियोगितामा छात्र र छात्रा तर्फको समावेस १५ खेलहरुको  कुल ४५/४५ स्वर्ण,रजत र कास्य पदकको लागि भएको बागमती गाउँपालिका स्तरीय प्रतियोगितामा देवकी माविले ११ स्वर्ण, १५ रजत र ५ कास्य गरी ३१ पदक प्राप्त गरी उपाधि हात पारेको हो ।

1703512460624 768x511 1

प्रतियोगितामा वडा नं. १ को सूर्य माविले ११ स्वर्ण, ८ रजत, ५ कास्य गरी २४ पदक सहित दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै वडा नं. ८ को जनता माविले ८ स्वर्ण, ९ रजत र  २ कास्य गरी १९ पदक सहित तेस्रो भएको छ । वडा नं. ७ को चौरा आविले ५ स्वर्ण र ४ कास्य गरी ९ पदक सहित सान्त्वना प्राप्त गरे l

प्रतियोगितामा प्रथम , दोस्रो,तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरुले क्रमश: नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे l

1703512460665

प्रतियोगितामा वडा नं. २ राईगाउँको बागमती माविले ४ स्वर्ण, ३ रजत र ८ कास्यसहित १५ पदक प्राप्त गरे भने वडा नं ८ को वनदेवी आविले २ स्वर्ण, २ रजत र १ कास्य गरी ५ पदक प्राप्त गरे l वडा नं ३ को ज्ञान मन्दिर आविले स्वर्ण २ र कास्य १ गरी ३ पदक प्राप्त गरे l

वडा नं. ५ को बागमती आविले स्वर्ण १, रजत २ र कास्य २ गरी ५ पदक प्राप्त गरे भने वडा नं. ४ को पन्चकन्या आविले स्वर्ण १ र वडा नं. १ को टंकेश्वर आविले रजत २ पदक हात पारे l तर वडा नं. ३ को विष्णु आवि र वडा नं. ६ को सिता आविले भने कुनै पदक हात पार्न सकेनन् l 

गत शुक्रबार र शनिबार गरी दुई दिन संचालन भएको प्रतियोगितामा पालिका अन्तर्गतका ५०वटा सामुदायिक विद्यालयहरु मध्ये १२ विद्यालयका ५५३ जना छात्रछात्राहरुले प्रतियोगितामा भाग लिएका थिए l

1703512651420 768x514 1

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टिकालाल श्रेष्ठको सभाध्यक्षमा भएको उद्घाटन खेलमा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामिको प्रमुख आतिथ्य रहेको थियो भने समापन कार्यक्रमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्य रहेको थियो l

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, जिल्ला समन्वय समिति सदस्य खड्क बहादुर पुलामी, वडा अध्यक्षहरु यहुन्ना राई, कमान  सिं पाख्रिन, दन्तलाल माझी, विजय भोलन, उत्तर बहादुर भोलन, इन्द्रमणि तिमल्सिना, शिक्षक महासंघ अध्यक्ष वसन्त राई लागायत विभिन्न संघ, सस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्य रहेको थियो l

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: