सिन्धुलीको हरिहरपुरगढिमा पनि इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ भब्यसाथ मनाइएको छ । पालिका भरि इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन् ।

पालिकाको प्राय जसो सबै वडामा ख्रिष्टमस डे मनाइएको छ ।वडा न २ मा भिन्न भिन्नै स्थानमा भएको क्रिसमस डे कार्यक्रममा वडा अध्यक्ष विश्व राई,पुर्ब अध्यक्ष चन्द्र बहादुर राई, बुद्धिजिबि तथा समाजसेबि भुबन राई,छत्र बहादुर राई,सुरेन्द्र राई,मनि जङ्ग राई,रुपक राई,देबकृष्ण राई लगायतको आतिथ्यतामा समपन्न कार्यक्रम भएको थियो ।

रतनपुरको गस्पेल चर्च तथा जखौलिको चर्चमा सम्पन्न कार्यक्रममा पास्टर पावल राई र ज्ञानेन्द्र राईले वचन बाचन गरेर ख्रिष्टमस डे को महत्वको बताउनु भएको थियो त्यसै गरि प्रमुख अतिथी वडा अध्यक्ष विश्व राईले सबै धर्म बराबर रहेको तथा एक अर्काले आफ्नो धर्मको सम्मान गर्नुपर्ने भन्ने बताउनु भएको थियो। कार्यक्रममा इसाई धर्मालम्बी तथा गैर इसाईहरुको पनि बाक्लै उपस्थिती रहेको थियो ।