पोखरा । तीन दिन अघि मोटरसाइकलसहित कालिगण्डकी नदीमा खसेका म्याग्दीका एक युवक मृत अवस्थामा भेटिएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्री पुस २ गते ग१प ११३० नम्बरको मोटरसाइकलसहित नौनीबगर भिरबाट कालीगण्डकीमा खसेका थिए ।
उनको शव सशस्त्र प्रहरी बल गलेश्वरबाट खटिएको गोताखोर र प्रहरीको संयुक्त टोलीले फेला पारेको प्रहरीले जनाएको छ । घर्ती म्याग्दीकै अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ घर भई वडा नं २ भुरुङ तातोपानीमा बसोबास गर्दै आएका थिए ।