पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा एक युवकले खोया प्रहार गरेका छन् ।
अमरसिंहचौरमा आयोजित खुल्ला सभालाई सम्बोधन गरिरहेका लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार रानाभाटले लामिछानेलाई ताकेरै खोया प्रहार गरेका थिए । रानाभाटले पोलेको मकै खाँदै गरेको र मकै खाइसकेपछि त्यही खोया रवि लामिछानेमाथि प्रहार गरेको ति प्रत्यक्षदर्शीले बताए ।
उनका अनुसार रानाभाटले खोया प्रहार गर्नु अघि पनि सभापति लामिछानेका बारेमा नकारात्मक टिप्पणी गरिहेका थिए ।
रास्वपाका कार्यकर्ताले भने सभापति लामिछानेमाथि ढुंगा नै प्रहार भएको दावी गरेका छन् । कार्याकर्ताले रानाभाटलाई लछारपछार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।