बागमती गाउँपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

8

मकवानपुर / मकवानपुरको बागमती गाउँपालिकामा आजदेखी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी मगरले गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पुलामीले युवाहरुको विकासको मेरुदण्ड भनेकै खेलकुद रहेको बताउनुभयो । खेलकुदले सबैभन्दा बढी देश विकासमा टेवा पुर्‍याएको बताउँदै उहाँले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैब तत्पर रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको उल्लेख गर्नुभयो । गाउँपालिकाले खेल क्षेत्रको विकास र समृद्धिमा भरपुर सहयोग गरिरहेको उहाँको भनाई थियो ।

उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष फणीन्द्र कुमार तिमल्सिना , जिल्ला समन्वय समिति मकवानपुर सदस्य खड्क पुलामी मगर, वडा नम्बर १ का वडाध्यक्ष यहुन्ना राई, २ का जनक पहरी, ३ नम्बर वडा अध्यक्ष कमान सिं पाख्रीन, ४ का दन्तलाल माझी, ५ का बिजय भोलन, ६ का टेक बहादुर डिम्डुङ, ७ का उत्तर बहादुर भोलन , ८ का ईन्द्रमणी तिमल्सिना र ९ नम्बर वडा अध्यक्ष पुनराम घलानको उपास्थिती रहेको थियो।

त्यसैगरी इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख नारायण थापा, गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला महासंघका उपाध्यक्ष अरुण बल लामा लगायत विभिन्न पार्टी ,संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

आजको उद्घाटन खेल अन्तर्गत कराँते खेलमा ४२ केजि पुरुषतर्फ पञ्चकन्या मावि प्रथम र सूर्य मावि द्वितीय भए । ४७ केजी पुरुषतर्फकै खेलमा सूर्य मावि प्रथम र जनता मावि द्वितीय भएका छ्न् । ५२ केजी अन्तर्गत  चौरा आवि प्रथम सूर्य मावि द्वितीय भए ।  ५९ र ६० केजी पुरुष तर्फ देवकी मावि प्रथम र द्वितीय भए  ।

यस्तै कराँते तर्फ ४० केजी छात्रामा चौरा आवि प्रथम र द्वितीय , ४५ तर्फ देवकी मावी प्रथम द्वितीय र ५० केजी तर्फ जनता मावि प्रथम र द्वितीय भए । काता अन्तर्गत छात्र र छात्रातर्फ चौरा आविले जीत हात पारेको छ ।

यसैगरी सटपुट खेल अन्तर्गत छात्रा तर्फ देवकी मावि प्रथम, जनता मावि द्वितीय र बागमती मावि तृतीय भए । पुरुषतर्फ जनता मावि क्रमश प्रथम र द्वितीय र सूर्य मावि तृतीय भए।आइतबारसम्म चल्ने रनिङ शिल्ड प्रतियोगितामा १२ वटा बिद्यालयबाट ५ सय ५३ जना खेलाडी सहभागी छन् । उद्घाटन कार्यक्रमको अध्यक्षता प्रतियोगिता ब्यबस्थापन समिति अध्यक्ष टिकालाल श्रेष्ठले गर्नुभएको थियो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: