मकवानपुरको झुरझुरेमा सातौ बागमती गोल्डकप हुदै

39

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिता बागमती –४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रङशालामा हुने आयोजकले जनाएको छ । यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो ।

1733826758434

प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले बताउनुभयो । प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगितामा ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताउनुभयो ।

फुटबल खेलको प्रवद्धनका लागि लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । अध्यक्ष घलानले व्यवसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्षदेखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । यस अघिको छैठौं संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौले जितेको थियो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल, वडा अध्यक्षहरु र सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: