बागमतीको मन्साहीमा एक दर्जन एमाले र काङ्ग्रेस परित्याग गरि माओवादीमा प्रबेश

बागमती – बागमती गाउँपालिका वडा नम्बर ७ मन्साहीका झण्डै एक दर्जन एमाले र काङ्ग्रेस पार्टी परित्याग गरि माओवादीमा गरेका छन। आज बिहिवार मन्साहीको घैयाखोरियामा एक कार्यक्रमका बिच अकल बहादुर वाइबाको नेतृत्वमा कुमार थापा, गोकर्ण तिमल्सिना ,बलराम ब्रामु, अनिश वाइबा ,दिपक तिमल्सिना ,अन्त नारायण गौतम ,हेमनाथ गौतम,चन्द्र कुमारी थापा ,सलिना हुमागाई , शिबकुमारी हुमागाई,प्रमिला थापा मगर,च्याप्सङ थोकर,चेत बहादुर तिमल्सिना र टिकुली माया थोकर लगायतका ब्यक्तित्वहरु माओवादीमा प्रबेश गरेका छ्न।

आज घैयाखोरियामा पार्टी प्रबेश कार्यक्रममा त्यहाँ स्थानीयले ठुलोथली जाने मोटरबाटो,खानेपानी , विद्युत र तटबन्ध लगायतका विषयमा गुनासोसंगै माग पनि राखेका छ्न। वडा न.७ का अध्यक्ष अकल बहादुर गोलेको सभाध्यक्षमा भएको कार्यक्रममा नबप्रबेश आफ्ना पार्टी समर्थकहरुलाई सम्बोधन गर्नु हुँदै पार्टी कार्यक्रमका प्रमुख अथिती नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एबम बागमती गाउपालिका अध्यक्ष सर्केश घलानले जनताको मत लिएर गएकाहरुले बिर्सिए पनि आफुले सधैं सम्झिने र साथ सहयोग गरि रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

यसै क्रममा मन्तव्य राख्नु हुँदै घैयाखोरिया हुँदै ठुलोथलि जाने सडक,खानेपानी ,विद्युतका केहि समस्यको समाधानका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती कमिटीका अध्यक्ष अरुण बल ,पार्टी सचीव रहर सिं थिङ, गाउँकमिटी सदस्य टिकालाल श्रेष्ठ ,लिला आले, मनोज बल, वडा नम्बर ८ का वरिष्ठ उपाध्यक्ष करण स्याङ्तान ,सुमन थोकर लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेका थिए।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: