सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशन हरिहरपुरगढी-५ बोटेनीमा सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एबंम सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा प्रमुख आतिथ्यतामा, बागमती प्रदेश उद्योग तथा बाणिज्य मन्त्री माननीय शुकुमायाँ तामाङको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कमल जंग राई,केन्द्रिय सल्लाहकार परिषद सदस्य रामकुमार पौडेल र बागमती प्रदेश कमिटी सदस्य हिरा लामाको उपस्थितिका बिच सम्पन्न कार्यक्रममा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि ३५ जनाको संख्यामा नेकपा एमालेमा प्रवेश गरेको छ। नव प्रबेशी सबैलाई प्रमुख अतिथि मनोज जंग थापाले खादा लगाउँदै स्वागत गरेका थिए। कार्यक्रममा बोल्नुहुदै बागमती प्रदेश उद्योग तथा बाणिज्य मन्त्री शुकुमायाँ तामाङले स्थानीय श्रोत र साधनबाट उत्पादित सामग्रीहरुको बजारीकरण र ब्यबस्थापन गर्नमा प्रदेश सरकारले उचित पहलकदमी गर्नेमा आफू लागि पर्ने बताउनुका साथै,आज सम्पन्न अधिबेशनबाट जगत बहादुर मोक्तानको नेतृत्वमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ हरिहरपुरगढीको २१ सदस्यीय कमिटी गठन गरेको नेकपा एमाले हरिहरपुरगढी सचिब सत्यमान मोक्तानले जानकारी दिए।
7