हरिहरपुरगढीमा सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सम्बन्धि पैरवी गोष्ठी सम्पन्न

71

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा संघिय विशेष कार्यक्रम अन्र्तगत सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको उपस्थितीमा जनस्वास्थ्य कार्यालय सिन्धुलीले एक दिने पैरवी गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो ।

गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले स्वास्थ्यकर्मीहरुले गर्भवती महिलाहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिन आग्रह गर्नुभयो । पछिल्लो समयमा क्यान्सर र क्षयरोगका बिरामीहरु भेटिएकाले स्वास्थ्यकर्मीहरुले उहाँले बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्रप्रसाद यादवले कार्यक्रमको उदेश्यबारे सहजीकरण गर्नुभयो । हरिहरपुरगढीका ८ वटै वडाका अध्यक्ष तथा स्वास्थ्य सँस्था प्रमुखको उपस्थितीमा सँस्थागत सुत्केरी बढाउने, घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गर्ने, ८ पटक प्रोटोकल अनुसारको गर्भवती जाँच बढाउने तथा उत्तर प्रसूति घरभेट कार्यक्रम’ लाई प्रोत्साहन गर्नको लागि गोष्ठी सन्चालन गरिएको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: