सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडामा ७६ वर्षीय बावु डोमान सिंह सार्कीको कुटपिटबाट छोेराको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय माईला भन्ने लिला बहादुर पुर्कोटी सार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार राती ८ बजेर ३० मिनेटको समयमा डोमान सिंहले घरायसी विवाद हुँदा फलामको गलले टाउकोमा र ढाडमा प्रहार गर्दा लिला बहादुर घाईते भएका थिए । घाइते लिला बहादुरलाई उपचारका लागि हेटौंडा अस्पताल मकवानपुर ल्याइएकोमा उपचारको क्रममा राति १० बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव आइतबार पोष्टमार्टम गरि आमा बिल्कु सार्कीले बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
बुवा डुमान सिंहलाई आइतबार पक्राउ गरि सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको काफ्लेले जानकारी दिएका छन ।