बागमतीको शान्तिपुरमा विभिन्न पार्टी परित्याग गर्दै ५ दर्जन माओवादी केन्द्रमा प्रवेश

बागमतीः बागमती गाउँपालिका वडा नम्बर ८ स्थित शान्तिपुरमा दर्जनौं जनता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । शुक्रबार पार्टी वडा नम्बर ८ कमिटीले एक कार्यक्रमका बीच ५ दर्जन जनतालाई पार्टीमा प्रवेश गराएर स्वागत गरेको हो ।

1735911121676


पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलानले देश र जनताको मुहार फेर्न माओवादीले काम गरिरहेको बताउनुभएको छ । उहाँले देशको समृद्ध र सुशासनको लागि माओवादी लडिरहेको बताउनुभयो । अहिलेको सरकारले गरिब जनताको पक्षमा काम नगरिरहेको उहाँको भनाई छ । पछिल्लो समयमा माओवादी केन्द्रमा जनताको आकर्षण बढेको र माओवादी ल्याएको व्यवस्था नै ठिक भन्ने बुझेको उहाँले बताउनुभयो । बागमती गाउँपालिकालाई समृद्धि बनाउन सबैको साथ आवश्यक रहेको भन्दै उहाँले सबै एक भएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

1735911136313


कार्यक्रममा ५२ जना नेकपा एमाले, नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा एमालेकी सक्रिय कार्यकर्ता फुलमाया थोकरको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा एमालेका ४४ जना, नेपाली काङ्ग्रेस परित्याग गरी ७ जना र राप्रपाका ४ जना रहेका छन् ।


पार्टी वडा नम्बर ८ कमिटीका अध्यक्ष पुर्ण बहादुर थिङको सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी गाउँपालिका कमिटीका इन्चार्ज ज्ञान सागर भोलन, अध्यक्ष अरुण बल र सचीव रहर सिं थिङ लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: