सिन्धुलीको हरिहरपुरगढीमा उद्योग वाणिज्य संघकाे हरिहरपुरगढी शाखा गठन

सिन्धुली:सिन्धुलीको हरिहरपुरगढीमा आज सिन्धुली उद्योग वाणिज्य संघको हरिहरपुरगढी गाउँपालिका शाखा गठन तथा कार्यालय उद्घाटन सम्पन्न भएको छ।हरिहरपुरगढी कार्यालयको सभाहलमा सिन्धुली उद्योग वाणिज्य संघको चौथो शाखा हरिहरपुरगढीमा गठनभएको हो। उद्घाटन समारोहमा बोल्नुहुदै प्रमुख अतिथि सिन्धुली क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनले ”उद्योगमैत्री वातावरण निर्माण गर्न नवगठित शाखाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।वहाले राष्ट्रिय पुँजी निर्माणमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
मुलुकमा दलाल पुँजीवाद हाबी हुँदा राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसकेको उहाँको भनाइ छ । ‘नेपालमा उद्योग धेरै छैन । आयातमा निर्भर छ । भारतीय वस्तुले मात्रै ७२ प्रतिशत ओगटेको छ । आयातमा आधारित अर्थतन्त्र हाम्रो प्रमुख चुनौती हो,’ सांसद दाहालले भन्नुभयो । उहाँले उद्योगभन्दा बढी वाणिज्य भएको देशमा अर्थतन्त्र सबल नहुने भएकोले उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले शाखा गठन गरेर मात्रै नहुने सक्रिय भएर लाग्नको लागि नवगठित समितिलाई आग्रह गर्नुभएको छ । उहाँले अव गाउँपालिका सहरीकरण तिर लम्कदै गरेकोले उद्योगी र व्यापारीले तदारुकताका साथ लाग्नको लागि आग्रह गर्नुभएको हो । गाउँपालिकालाई उद्योगमैत्री वातावरण निर्माणका लागि आवश्यक कानुन निर्माण र उद्योगीको सुरक्षाको निर्माणमा आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

उद्योग वाणिज्य संग सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उद्योगमैत्री नीति, कानुन नहुनुका साथै उद्योगीको लगानी सुरक्षामा चुनौती रहेका कारण उद्योगको विकास हुन नसकेको बताउनुभयो । ‘उद्योग वाणिज्य संघले उद्योगमैत्री वातावारण बनाउन अगुवाई गर्नुपर्छ । उद्योगी बन्ने संस्कार सिकाउनुपर्छ, उद्योग स्थापनाका लागि सहयोग गर्नुपर्छ, विश्वासको वातावरण निर्माण गरिदिनुपर्छ,’ श्रेष्ठले भन्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, उद्योग बाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष बिरबल चौधरी, उद्योग बाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बम्जन, वडा अध्यक्ष तथा पार्टी प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

उद्योग बाणिज्य संघ सिन्धुलीको हरिहरपुरगढी शाखाको तदर्थ समितिको अध्यक्षमा कुल बहादुरभोलन,उपाध्यक्षमा टंक राई,पुष्पराज मोक्तान, सचिवमा सन्तोष आले मगर, सहसचिव श्रवण मुक्तान, कोषाध्यक्षमा सुनिल वाइबा सहित १३ जनाको समिति गठन गरिएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: