रौतहट , १५ पुष:रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले नगरपालिकालाई जनताको हकहितमा नभई आफ्नो निजि कम्पनिको रुपमा नगरपालिका संचालित गर्दै भ्रष्टचारमा चुर्लुम डुवेको तथा नगरवासीको भावना नवुझी स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित ऐन कानुन विपरित काम गरेको भन्दै नगरप्रमुख विनोद पटेललाई चेतावनी सहितको ज्ञापनपत्र बुझाइएको छ । नेकपा एमालेका प्र्रदेश कमिटी सदस्य प्रेम शंकर यादव र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राम प्रसाद राउतले बुझाउनुभएको ज्ञापनपत्रमा नगर प्रमुख पटेल र प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलका कारण नगरवासीले अनावश्यक दुःख पाइरहेको भन्दै उहाँहरुको मनपरीतन्त्र विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिइएको छ ।
ज्ञापनपत्रमा वृन्दावन नगरपालिकाको सेवा केन्द्र विश्रामपुरमा निर्वाचित जन–प्रतिनिधि तथा कार्यालय प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरु उपस्थित नरहनु को कारण के ? वृन्दावन नगरपालिकाको अस्थायी मुकाम हर्षाहामा खोल्नुको कारण के ? वृन्दावन नगरपालिका भित्रका कृपकहरुलाई खेतीको सिजनमा मलखाद नपाउनुको कारण के ? भन्दै यी प्रश्नको जवाफको माग गरिएको नेकपा एमालेका नेता प्रेम शंकर यादवले बताउनुभयो ।
साथै नदि जन्य पदार्थ उत्खनन् सम्बन्धि चालु आ.व. २०८१÷०८२ को लागि टेण्डर गरिएको रमौली तथा बलरीघाट मध्ये कुन घाट बाट कति परिमाण नदि जन्य पदार्थ उत्खनन् गर्न कति मिटर लम्बाई कति मिटर चौडाई बाट कति फिट गहिराई सम्म उत्खनन् गर्ने, के बाट उत्खनन् गर्ने यदि मेशिनबाट उत्खनन गर्ने भए कुन मेशिनबाट कति वटा मेशिन बाट उत्खनन् हुने, कति बजे देखि कति बजेसम्म उत्खनन् हुने, प्रत्येक दिन उत्खनन् पश्चात साझपख क्वान्टिटी प्रमाणित गर्ने अधिकारि व्यक्ति फोकल पर्सन नगरपालिकाको कुन कर्मचारीलाई कुन घाटको जिम्मा दिईएको हो निजको सम्पर्क नम्बर सहितको होडिंग बोर्ड सवैले देखिने गरि राखनुपर्ने हो कि होइन साथै प्रत्येकदिनको निकासी भएको नदि जन्य पदार्थ प्रमाणित परिमाणको छायाकपि राजनैतिदलबाट अनुगमन गर्ने व्यक्तिलाई उपलब्ध गराउनु पर्ने हो कि होइन ? भन्दै ज्ञापन पत्रमा प्रश्न गरिएकोमा सो को चित्तबुझ्दो जवाफ नआएमा र नगर प्रमुख अनि प्रमुख प्रशासकिय अधिकृतको मनपरीतन्त्र नरोकिएमा जनतको साथ लिएर कडा आन्दोलनमा उत्रने र सोबाट उत्पन्न हुने सबैको जिम्मेवार नगर प्रमुअ स्वयमनै हुनुपर्ने नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद राउतले जनाउनुभयो ।
14