माझगाउँमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

बागमतीः बागमती गाउँपालिका वडा नम्बर १ स्थित माझगाउँमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ((ज्याकेट) वितरण गरिएको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रमका बीच वडाका कार्यबाहक अध्यक्ष हस्त बहादुर थिङले ५४ जना वृद्धवृद्धाहरुलाई उक्त कपडा वितरण गर्नुभएको हो

Raksani dada ban

यस वर्षको चिसो सुरु भएसँगै कष्ठकर जीवन बिताइरहेका र आर्थिक अवस्था कमजोर वृद्धवृद्धाहरुलाई ज्याकेट प्रदान गरिएको अध्यक्ष थिङले बताउनुभयो । कार्यवाहक अध्यक्ष थिङले सहयोगी दातामार्फत उहाँहरुलाई सहयोग गरेको बताउनुभयो ।

सोही वडा निवासी सोम बहादुर बल तामाङले हजुरबुवा नर बहादुर बलको र बुवा ज्ञान बहादुर बलको १५ औं स्मृति दिवसको अवसर पारी बिपन्न जेष्ठ नागरिकहरुलाई कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ मार्फत सहयोग उपलब्ध गर्नुभएको जनाएको छ । न्यानो कपडा वितरण कार्यक्रममा वडा नम्बर १ का जनप्रतिनिधि, समाजसेवी ,युवा र बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

1000023307

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: