सिन्धुली हरिहरपुरगढिका सोनामले ग्याल्मो लिएर आए

काठमाडौँ– सिन्धुली हरिहरपुरगढि – ५ स्थायी घर भएका रङ्गकर्मी तथा गायक सोनाम लामाको सेलो भाकाको गीत´ग्याल्मो ´को म्युजिक भिडियो सार्बजनिक भएको छ । सानै उमेर देखि गाउनमा रुचि राख्ने लामा बिध्यालयमा पढ्दै गर्दा पनि बिबिध कार्यक्रममा गीत गाउने गर्थे ।अन्तत लामो समय पछि उनले पहिलो गीत अहिलेकि चर्चित तामाङ सेलो गायिका सुमिना लो को आवाज समेट्दै गीत बजारमा ल्याएका हुन ।

पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोले तामाङ समुदायको परम्परागत संस्कार देखाइएको छ। 

गायक साेनाम र फुलमान बलको शब्द रहेको गीतमा सुसन लामाले संगीत भरेका छन्। फणीन्द्र राईको संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ सुमन खड्काले गरेका छन्।

गीतकोे भिडियोमा अनु थापा, सोनाम लामा, सुर्यमान लिम्बू, सुनिल तामाङ, ज्ञानबहादुर दोङ, उत्तर कुमार लामा, सेते लामा र बाल कलाकार दिप पाख्रीन, अम्बो तामाङ र रोनक लामाको अभिनय छ।

इँगिहोपो कोँइच सुनुवार र सोनाम लामाको कथा रहेको गीतको भिडियो निर्देशन सोनाम लामाले  नै गरेका छन् भने अनिल लामाको सम्पादन छ।

गीत जेसुम क्रियसनको प्रस्तुति र ममा आर्ट्सको सहकार्यमा निर्माण भएको हो। गीत जेसुम क्रियसनकै अफिसियल युट्यब च्यानलबाट सार्वजनिक गरिएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: