दृष्टि बिहिन विद्यार्थीहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले न्यानो कपडा तथा फलफुल वितरण

11

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका-९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कुँवरले सामाजिक क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी श्रीमती संघको कार्य योजना र लक्ष्य अनुसार बिविध परोपकारी कार्यहरु निरन्तर संचालन गरिरहेको बताउदै आगामी दिनमा समेत सामाजिक कार्य तथा मानव सेवामा नेपाल प्रहरी श्रीमती संघ थप सशक्त रुपले उत्साहित भई लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख तथा उप प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशननाथ बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, बिद्यालयका शिक्षक शिक्षिकाहरु, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, स्थानिय पत्रकारहरु, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: