बागमतीमा निर्माणधीन अस्पताल निर्धारित समयमै सम्पन्न गर्न अध्यक्ष घलानको निर्देशन


झुरझुरेः मकवानपुरको बामगती गाउँपालिकामा निर्माणाधीन अस्पतालको निरीक्षण गरिएको छ । बिहिबार गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृृत ओम प्रसाद दर्जीले निर्माणाधीन अस्पतालको निरीक्षण गर्नुभएको हो ।
निर्माणाधीन अस्पतालको निरीक्षण गर्नुहुँदै अध्यक्ष घलानले निर्माण कार्य सम्झौता अवधिभित्र सक्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

अस्पताल निर्माण सम्पन्न भएपछि गाउँपालिकासँगै आसपासका सेवाग्राहीले सेवा पाउने उहाँले बताउनुभयो । अहिले गाउँपालिकाभित्र कुनै ठुला अस्पताल नरहेकाले पालिकाबाहिर उपचारका लागि जानुपर्ने र बिरामी रेफर गर्र्नुपर्ने अवस्था हट्ने उहाँको भनाई छ । निर्माण कम्पनीले सम्झौता अवधिभित्रमा काम सम्पन्न गर्ने जनाएको छ ।
गाउँपालिकाले अस्पताल निर्माणका लागि २०८० जेठ २४ गते काभ्रेको शिवालय बिल्डर्स प्रालीसँग सम्झौता गरेको थियो । सम्झौतामा निर्माण कम्पनीले १७ करोड ८८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । गाउँपालिकाका सब इन्जिनियर अशोक महत्तोका अनुसार हालसम्म अस्पताल निर्माणको प्रगति ७० प्रतिशत भएको छ ।

1000022656

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: