सिन्धुली– सिन्धुलिमा बालिकालाई जबरजस्ती करणी गर्ने दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गत सोमबार १५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाको मिथिला नगरपालिका ३ का ३६ वर्षिय सत्रोधन महत्तो र सोहि ठाउँका २६ वर्षि तिलक कुमार महत्तोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

धुनषा घर भएकी बालिकालाई ललाईफकाई घुम्न जाउ भनि कमलामाई नगरपालिका ९ स्थित एक होटलमा लगेर दुईजनाले जबरजस्ती करणी गरेको जाहेरी ईलाका प्रहरी कार्यालय भिमानमा दर्ता भएको थियो । बालिकालाई खाजा खाने बाहानामा होटलको कोठामा राखि डरत्रास देखाएर दुईजनाले जबरजस्ती करणी गरेको आरोप लागेको छ । उनीहरुलाई पक्राउ गरि सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।