Skip to content

हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सम्पन्न

हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ले आ.व.२०८१/०८२ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, पशु उपचार सेवा लगायत कृषि सेवा (किसान सूचीकरण) सम्बन्धी एकीकृत घुम्ती शिविर सञ्चालन सम्पन्न गरेको छ । पालिकाको ८ वटै वडाको विभिन्न स्थानमा पुगी नागरिकलाई सेवा प्रदान गरिएको हो । कार्य तालिका नै तयार गरी पौष १ गते देखि सञ्चालन गरिएको ११ दिने घुम्ती शिविर आज मिति वडा नम्बर ५ को कार्यालय, भलखडामा कार्यक्रम गरि समापन गरिएको हो ।

११ दिने घुम्ती शिविर कार्यक्रम अन्तर्गत कृषि सेवा, पशु उपचार,स्वास्थ्य सेवा,सामाजिक सुरक्षा भत्ता कार्यक्रमले जेष्ठ नागरिक तथा पूर्ण रुपले अशक्त रहेका लाभग्राहीहरु लगायतका नागरिकलाई सुलभ ढङ्गले सेवा पुग्ने लक्ष्य गरिएको पालिका प्रमुख बज्रध्वज वाईबाले बताउनुभयो ।गाउँपालिका कार्यालयबाट प्रबाह हुने विभिन्न कार्यक्रमहरु नागरिकले प्रत्यक्ष रुपमा वडा स्तरमै सेवा प्राप्त गर्न सक्ने हिसाबले सञ्चालन गरिएको हो ।

घुम्ती शिबिर आफ्नै वडामा आउदा स्थानिय नागरिकहरुले यस प्रकारको कार्यक्रमले निरन्तरता पाउनुपर्ने र वडामै प्रत्यक्ष रुपमा आफुले चाहेको सेवाको लाभ लिन पाउदा अत्यन्तै खुशी लागेको व्यक्त गरेका छ्न।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts