हरिहरपुरगढी गाउँपालिकाको भुताहा-बरुण सडकको सिलान्यास

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित भुताहा-बरुण सडकको सिलान्यास आज गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी गाउँपालिकाद्धारा निर्माण हुन लागेको सडकको सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले सिलान्यास गर्नुभएको हो।
सिलान्यास कार्यक्रममा बोल्नुहुदै राजनले हरिहरपुरगढी गाउँपालिकाको विकासलाई प्राथमिकीकरण गरेको र प्राथमिकिकरण गरेका योजनाहरुलाई स्थानीय, प्रदेश र संघिय सरकारको समन्वयमा आगामी समयमा पुरा गर्दै जाने बताउनुभयो ।
अहिलेको सरकारले कुनैपनि बहुबर्षिय ठेक्का सम्झौता नगरेकाले काम गर्न समस्या भइरहेको उहाँको भनाई छ । साथै हरिहरपुरगढी गाउँपालिकामा अन्य बिकास निर्माणको काम गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
त्यस्तै कार्यक्रममा बोल्नुहुदै अध्यक्ष वाइवाले आज सिलान्यास भएको सडकको अफ्ठेरो ठाउँहरुको पहिले निर्माण सम्पन्न गर्ने र यसलाई निरन्तरता दिइने बताउनुभयो । साथै पक्की पुन निर्माण पश्चात सर्लाहिको हरिवन संग जोड्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। गाउँपालिकाले प्रदेश तथा संघिय सरकार संग समन्वय गरेर गाउँपालिकाकै बिकट मानीने वडा नं. ७ लाई बिकास निर्माणको माध्यम बाट सुगम बनाउन आफु लागिपरिरहेको बताउनुभयो ।
भुताहा-बरुण सडक निर्माणको लागि गडुर कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. गोलन्जोर ३ सिन्धुलीले ६० लाख ९३ हजार ७ सय ८५ रुपैयामा सडक निर्माणको जिम्मा लिएको हो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष बिच बहादुर मुक्तान,३ नम्बर वडा अध्यक्ष कुलबहादुर भोलन, माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका पार्टी इन्चार्ज ज्ञान बहादुर राई, पार्टी उपाध्यक्ष अजित ठाडा, कार्यापालिका सदस्य दिलमाया बिक,शान्तामाया घलान तथा गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: