हरिहरपुरगढीमा ९ दिने एकीकृत घुम्ती शिविर जीतपुरबाट सुरु

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा ९ दिने एकीकृत घुम्ती शिविर सुरु भएको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले वडा नम्बर १ स्थित सानो जितपुरमा शिविरको उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाले वर्षमा चारपटक घुम्ती शिविर सञ्चालन गर्ने गरेकोमा सोमबारबाट तेस्रो पटकको शिविर सुरु गरिएको छ । ९ दिनसम्म चल्ने यस शिविरमा सामाजिक सुरक्षाभत्ता वितरण तथा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, पशु उपचार र कृषिसम्बन्धी सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत पैकराले जानकारी दिनुभयो ।
पालिकाभित्रका ८ वटै वडाको टोलटोलमा पुगेर सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले वर्षमा चारपटक घुम्ती शिविर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।टोलटोलमै गाउँपालिकाको सेवा पाउँदा स्थानीय जनताले राहत महसुस गरेका छन् । पहिलो दिन शिविरमार्फत विभिन्न सेवा लिएका स्थानीय हर्षित देखिएका थिए ।शिविरमा सहभागी ज्येष्ठ नागरिकहरुले यो पटक भत्ता किन ढिला वितरण भयो ? भन्ने गुनासो राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत पैकराले उक्त गुनासोलाई सम्बोधन गर्नुहुँदै प्रणालीमै केही समस्या भएको कारण ढिलाइ भएको स्पष्ट पार्नुभयो । वृद्धावस्थाका नागरिकमा पछिल्लो समय मधुमेह, उच्च रक्तचापजस्ता रोग लाग्ने गरेको पाइन्छ । उहाँहरुलाई टोलमै पुगेर परीक्षण गराउन मेडिकल अधिकृत शिविरमा सहभागी रहेको उहाँले बताउनुभयो ।

यसैगरी कृषकलाई आवश्यक विषादी तथा कृषि औजार वितरणका लागि कृषि शाखा प्रमुख र पशुपालक कृषकहरुलाई आवश्यक औषधी वितरण तथा उपचारका लागि पशु प्राविधिकसमेत शिविरमा खटाइएको प्रमुख प्रशासकीय अधिकृत पैकराले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ्य नागरिक, महिला तथा बालबालिका भौगोलिक कारणले सेवाबाट वञ्चित हुन नपरोस् भनेर टोलटोलमै पुगेर सेवा दिन सुरु गरेको उहाँको भनाइ छ ।शिविरको पहिलो दिन ७० जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । त्यस्तै ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् भने ३६ जनाले पशु सेवा लिएको पालिकाले जनाएको छ । शिविरबाट २० जनाले कृषि सेवा लिएका छन् । वडा नम्बर १ का वडाध्यक्ष जितबहादुर थिङले गाउँपालिकाले प्रदान गरेको सेवामा सहभागी भएर लाभ लिन सम्पुर्ण वडा बासीलाई आग्रह गर्नुभयो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: