मकवानपुरमा मनाए किरात देवास राईले उधौली पर्व

मकवानपुरमा मनाए किरात राईले उधौली पर्वमकवानपुर: देवास राई उत्थान समाज मकवानपुरले हेटौंडामा साकेला उधौली पर्व (एले दोङ ५०८४) मनाएका छन् । आइतबार देवास राई उत्थान समाज मकवानपुरका अध्यक्ष बद्री बहादुर राइको सभाध्यक्ष तथा केन्द्रीय आश्मान राइको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय अध्यक्ष राईले किरात राईहरुको इतिहास हराउँदै गएको भन्दै खोज्न आवश्यक रहेको बताउनुभयो । कतिपय इतिहासहरु तथ्यहिन भएको भन्दै यसलाई सच्याउनुपर्ने पनि उहाँले बताउनुभयो । यस्तै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले राई समुदायले आफ्नो संस्कार र संस्कृतिलाई जोगाउनुपर्ने बताउनुभयो । यसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि बताउनुभयो ।

पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै आइरहेका छन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा-६ का वडाध्यक्ष विष्णु दाहाल र समाजका केन्द्रीय सचीव प्रमोद राई लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: