हरिहरपुरगढी गाउँपालिकाको कर्मचारीले क्यान्सर पिडित आफ्नो कर्मचारीलाई सहयोग गरेको छ। पालिका अध्यक्ष बज्रध्वज वाईबाको उपस्थितिमा पालिकाको एम्बुलेन्स चालक सुमन राई(सरोज)लाई क्यान्सर रोगलागि उपचार भैइरहेकोले थप उपचारको लागि हरिहरपुरगढी गाउँपालिका कर्मचारी तथा जनप्रतिनिधिबाट रकम संकलन गरि एकलाख एक हजार पाँच सय रुपैया उनको घरमै गई हस्तान्तरण गरेको हो,त्यस्तै गाउँपालिकाले रु.एक लाख सहयोग गर्ने गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो।। कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भोलन ”उज्ज्वल” ,पुर्ब उपाध्यक्ष अनिता कुमारी राई,योजना शाखा प्रमुख राजु कुमार उप्रेती,समाजसेवी भूबन राई लगायतको उपस्थिति थियो।मकवानपुर बागमती गाउँपालिका -१ माझगाउँ घर भएका सुमनको CHRISTIAN MEDICAL COLLEGE, VELLORE RANIPET CAMPUS अस्पतालमा उपचार गर्दा उनको दाँया हातमा क्यान्सर भई फोक्सो सम्म पुगिसकेकोले गर्दा डाक्टरको सुझाब अनुसार किमो थेरापी साथै अपरेशन पनि गर्नुपर्ने भएकोले उपचार गर्दा खर्च अत्यधिक हुने भएकोले घरायसी आर्थिक स्थिति नाजुक भएको कारण उपचारको लागि खर्च जुटाउन कठिन भएको उनको परिवारले जनाएको छ। क्यान्सर पिडित बिरामीलाई जीवन रक्षाको लागी उपचार गर्न सबै संग अनुरोध गरेका छन। NEPAL SBI बैंक खाता नं. २०७१५२४१४०७५७२ मा आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।
100.1K