बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा शिक्षकहरुका लागि सिर्जनात्मक कला (संगीत) सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
आइतबारबाट बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तालिम केन्द्र धुलिखेलको संयुक्त आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।
आइतबारबाट सुरु भएको तालिममा आधारभुत तह (कक्षा ४ देखि ८) का ३० जना शिक्षकहरु सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले जानकारी दिनुभयो । वडा नम्बर ८ स्थित जनता माविमा सुरु तालिममा इकाइ तालिम केन्द्र चितवनका हरिचन्द्र थापा र रामकृष्ण पौडेलले प्रशिक्षण गरिरहनुभएको छ । तालिम मंसिर २७ गते बिहिबारसम्म सञ्चालन हुनेछ ।