सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सडकको शिलान्यास भएको छ । पालिकाको वडा नम्बर ३मदन भण्डारी लाेकमार्गबाट गुर्जी चपरा जितपुरगढी- कामिडाँडा सम्म जोडिने सडककाे शिलान्यास गरिएको हो ।
सडकको शिलान्यास प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले गर्नु भएको थियो ।
शिलान्यास पछि सम्बाेधन गर्दै दाहालले सडकलाई रिङ्गराेड सडक बनाउन बहुबर्षिय याेजनामा पारेर बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे ।विकास बजेटको सही सदुपयोगका लागि जनता सचेत हुनुपर्ने बताउनुभएको छ । वहाले विकास बजेट कहाँबाट आएको हो, कहाँ खर्च भयो भन्नेमा सबै जानकार हुनुपर्ने बताउनुभएको हो । यसो गर्दा मात्रै गुणस्तरीय काम हुने उहाँको भनाइ छ ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य सुस्पा भुजेल तीन तहकाे सरकार बिच प्रभावकारी समन्वय, सहकार्य नहुदाँ बजेट कार्यान्वयनमा समस्या बढ्दै गएकाे बताउनुभयाे वहाले हरिहर पुरगढीमा डम्फु पार्क निर्माणका लागि प्रदेश स्तरबाट सहयोग गर्ने प्रतिबद्द्ता गर्नुभयो ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले सडक संजालले ऐतिहासिक हरिहरपुरगढी किल्लालाई पर्यटकीय क्षेत्र बनाउन धेरै मद्दत पुग्ने तथा स्थानियको कष्टकर जिवनमा सुधार आउने बताउनुभयो वहाले प्रदेश सरकारले समन्वय नगर्दा काम गर्न गाह्रो भएको बताउनुभयो।
वहाले वडा नम्बर ३ काे गुर्जीमा मल कारखाना स्थापनाकाे लागि प्रयास भईरहेकाे प्रदेश , संघीय सरकारले चाहे छिट्टै बन्ने अध्यक्ष वाइबाले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकरा, वडा नम्बर १ का वडाअध्यक्ष जित बहादुर थिङ, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भाेलन लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
भाैतिक याेजना तथा यातायात मन्त्रालय सडक विभाग, सडक डिभिजन खाल्टे अन्तरगत कुल ५९ लाख ९८ हजार ८५९ रूपैयाँ बजेटमा सिद्धलेख निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लीले सडक निर्माणकाे ठेक्का लिएकाे छ ।