हरिहरपुरगढीको तिनकुनामा मङ्सिर १९ र २० मा नि:शुल्क आँखा शिबिर हुदै

सिन्धुली :सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर–३ स्थित तिनकुनामा निशुल्क आँखा शिविर आयोजना हुने भएको छ । कारीतास नेपालको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा दुई दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।
आगामी मंसिर १९ र २० गते श्री भानुभक्त्त माबि तिनकुनामा दुई दिन निशुल्क आँखा शिविर हुने आयोजकले जनाएको छ । शिविरमा आँखा सम्बन्धी सबै रोग तथा समस्याहरुको जाँच हुनेछ । शिविर सञ्चालन हुने दिनमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उपस्थित भए सेवा लिन आयोजकले आग्रह गरेको छ ।

विश्वका १६८ देशमा फैलिएको गैरनाफामूलक संस्था कारितासको उपस्थिति नेपालमा पनि २०४७ सालदेखि रहेको छ । कारितास नेपालको नामबाट यो संस्थाले नेपालमा दैवी तथा प्राकृतिक प्रकोपको क्षेत्रमा थुप्रै कामहरु गर्दै आएको छ । विपत्तिमा परेका मानिसलाई उद्दार तथा पुनस्थापन गर्नेबाहेक कारितास नेपालले वातावरण,स्वास्थ्य, खाद्य सुरक्षा, आयमूलक सीपको तालिम तथा कृषि लगायतका विविध क्षेत्रमा काम गर्दै आएको छ ।

इटालीको रोममा मुख्यालय रहेको कारितास नेपालका ४० भन्दा बढि जिल्लामा फैलिएको छ । कारितास नेपालमा विशेषगरी दैवी तथा प्राकृतिक प्रकोपमा परी घरबार गुमाएहरुलाई पुनस्थापनमा केन्द्रीत रहँदै आएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: