सिन्धुलीको मरिणमा कार र बोलेरो ठोक्किदा एक महिलाको मृत्यु

सिन्धुली मरिण गाउँपालिका वडा नं ७ देउजोर स्थित मदनभण्डारी राजमार्गमा कार र बोलेरो ठोक्किदा एक महिलाको मृत्यु भएको छ। दिउसो २ २० बजेको समयमा नारायणगढबाट बिराटनगरतर्फ आउदै गरेको विराटनगर न.पा. वडा नं. १२ बस्ने बर्ष ६४ ओम ब.अर्जालले चलाएको बा ७ च ७५५४ नम्बरको कार र बिपरित दिशा सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको चितवन भरतपुर म.न.पा.वडा नं.१६ बस्ने पृतम परियारले चलाएको बा.प्र.०३-००१ च १६२३ नम्बरको बोलेरो एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा सडक पेटीमा बसिरहेकी मरिण गा.पा.वडा नं. ०७ बस्ने बर्ष ७६ कि बुद्धलक्ष्मी श्रेष्ठलाई बोलेरो पल्टिएर लाग्दा घाईते भई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली ल्याईएकोमा दिउसो २ :५० बजेको समयमा अस्पताल प्रशासनले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी नायव उपरीक्षकअनिल कुमार खडकाले बताए।
कारमा सवार ३ जना व्यक्त्ति समेत घाईते भई उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भई रहेको उनीहरुको अबस्था सामान्य रहेको खडकाले बताए ।बोलेरो, बोलेरोको चालक, कार र कारका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक अनिल कुमार खडकाले बताए।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: