उद्योग दिवसमा बागमती प्रदेशका १४ उद्यमी सम्मानित

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले १४ वटा उद्योगलाई सम्मान गरेको छ । १० औँ उद्योग दिवसको अवसरमा नवप्रवर्द्धन उद्यमी सम्मान कार्यक्रम अन्तरगत उद्यमीहरुलाई सम्मान गरेको हो । बागमती प्रदेशभरी रहेका उद्यमीहरुलाई उद्योग सञ्चालनकालागि प्रेरणा मिलोस भन्ने उदद्देश्यले उद्योगीहरुलाई सम्मान गरेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लामा जिल्ला उत्कृष्ट र १ उद्योग बागमती प्रदेशकै उत्कृष्टको रुपमा सम्मानित भएको हो । काभ्रेपलाञ्चोक जिल्लास्थित झ्याम्बल कृषि फर्म उद्योग प्रालिले वाग्मती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गरेको छ । कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्योगकी सञ्चालक कमला लामालाई नगद एक लाखसहित सर्वोत्कृष्ट उद्यमीका रुपमा सम्मान गरेका थिए ।

462547562 438977762582826 4811749721717132832 n

भोगटेको बोक्राको सेतो भागबाट क्यान्डी उत्पादन गर्दै आएको उक्त उद्योगले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कार्यक्रममा वाग्मती प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीलाई नगद ४० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उत्कृष्ट उद्यामी सम्मान पाउनेहरुमा मकवानपुर जिल्लाबाट हेटौंडा-१५ स्थित कोम्हेन्दो एकीकृत कृषि फार्म, निलकण्ठ नगरपालिका–८, धादिङस्थित युनिक पशुपन्छी तथा कृषि फार्म, रसुवा जिल्ला उत्तरगया गाउँपलिका–५ मा रहेको रसुवा एसएस टेलर्स एण्ड स्यानेटरी प्याड तथा माक्स उद्योग रहेका छन् । दूधौली नगरपालिका–४, सिन्धुलीस्थित वरपिपल दुना टपरी उद्योग, चन्द्रागिरि नगरपालिका–११, काठमाडौंको ओम फूड प्रोडक्ट, ललितपुर वाग्मती गाउँपालिका-१ को सिर्जनशील कृषि फार्मले पनि उत्कृष्ट उद्यमी पुरस्कार पाएका छन् । गौरीशंकर गाउँपालिका–५, दोलखाको सुरी मौरीपालन तथा घार उद्योग, नुवाकोट जिल्लास्थित नवयुवा कृषि फार्म, भक्तपुरको लक्ष्मी चिउरा उद्योग उत्कृष्ट उद्योगका रुपमा सम्मानित भए । सिन्धुपाल्चोकको कफी सहकारी उद्योग, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्टी र काभ्रेपलाञ्चोकको बीजेएस ह्याण्डीकाफ्रट एण्ड पनौती सेभियर हाउस रहेका छन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: