सहकारी सम्बन्धि नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिम सम्पन्न

झनझने:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्चालन गरेको पाँचदिने नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिम आज सम्पन्न भएको छ। समापन कार्यक्रममा बोल्नुहुदै पालिका प्रमुख बज्रध्वज वाईबाले सहकारीलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने ,सहकारीमा अहिले जुन समस्या देखिएको छ, त्यो पारदर्शी र जवाफदेही बन्न नसक्दाको परिणाम भएको पारदर्शी र जवाफदेही बनाउन सके सहकारीमार्फत आर्थिक र सामाजिकरुपमा धेरै लाभ लिन सकिने बताउनुभयो।

५ दिन सम्म चलेको तालिममा गाउँपालिकाभित्र सञ्चालित सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरुलाई सहकारी सञ्चालनसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो। तालिमको पहिलो दिन आइतबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का सहजकर्ता रविन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभयो । उहाँले सहकारीको अवधारणा, विकासक्रम सहकारीको मूल्यमान्यता र सिद्धान्त, सहकारी संस्था र अन्य संस्थाबीच फरक, सञ्चालक समितिको भूमिका र दायित्व, सहकारीको कोष व्यवस्थापन र महत्त्वलगायत विषयमा प्रस्ट पार्नुभएको कार्यक्रम संयोजक एवं पालिकाका आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले जानकारी दिनुभयो ।
सहकारीमा हुनसक्ने जोखिमहरु र समाधानका उपाय, सुरक्षित ऋण लगानीको प्रकृया तथा चरणहरु र आवश्यक कागजातको विषयमा पनि श्रेष्ठले प्रशिक्षार्थीहरुलाई जानकारी दिनुभएको थियो ।
बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघका कृष्णहरी कोइरालाले पनि प्रशिक्षण दिनुभएको थियो । तालिममा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई पर्ल्स अनुगमन प्रणाली, सहकारी संस्थामा पर्ल्सको महत्त्व, सिद्धान्त तथा पर्ल्स प्रविधिको विषयमा जानकारी गराइएको छ । त्यस्तै सहकारीमा रणनीतिक योजना, आवश्यकता, महत्त्व र रणनीतिक योजना निर्माणको प्रकृया र चरणणहरुको विषयमा पनि प्रशिक्षण गराइएको शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी सञ्चालनले विधि र प्रक्रिया राम्रोसँग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुँदै जाने भएकाले सहकारीका पदाधिकारी र कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।”
सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापक तथा पदाधिकारीले सहकारी ऐन, नियम, संस्थाको विनियम, निर्देशिकालगायतका विषयमा जानकारी राख्नुपर्ने भएकाले व्यवस्थापक तथा पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको तालिम संयोजक कार्कीले बताउनुभयो ।
तालिममा सहभागीहरुले पाँचदिने तालिमबाट सहकारी व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण ज्ञान पाएको बताउनुभयो । उहाँहरुले तालिमबाट प्राप्त ज्ञानलाई आ-आफ्नो सहकारीमा लागू गराउने प्रतिबद्धतासमेत जनाउनुभयो । यस प्रकारको तालिम गाउँपालिकाले समयसमयमा आयोजना गरे सहकारीका समस्या न्यूनीकरणमा महत्तवपूर्ण भूमिका खेल्ने सहभागीहरुको भनाइ थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: