चन्द्रपुर मेयर कप टिट्वान्टि लिग क्रिकेट प्रतियोगिताको टाइसिट सार्वजनिक


रौतहट , ३ मङ्सिर
रौतहटको चन्द्रपुरमा हुन गइरहेको चन्द्रपुर मेयर कप टिट्वान्टि लिग क्रिकेट प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ । यहीं मंसिर ७ गतेदेखि १८ गतेसम्म चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा रहेको बेतौना कोटिहोम खेल मैदानमा हुन गइरहेको सो प्रतियोगिताको सोमबार पत्रकार सम्मेलन गरि टाइसिट सार्वजनिक गरिएको हो । संघर्ष युवा क्लव चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन गइरहेको सो प्रतियोगितामा रौतहट जिल्लाका ६ वटा पालिका र भारतको २ वटा टिमले सहभागिता जनाउने संयोजक देवराज कार्कीले जानकारी दिनुभयो । सो प्रतियोगिताको समुह ए मा चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, यमुनामाई नगरपालिका र भारतको मुजफ्फरपुर तथा समुह बी मा गरुडा नगरपालिका, माधवनारायाण नगरपालिका , कटहरिया नगरपालिका र भारतको पटनाको टिम रहेको कार्कीले जानकारी दिनभयो । कार्कीका अनुसार प्रतियोगिताको पहिलो खेल मंसिर ७ गते चन्द्रपुर नगरपालिका र गौर नगरपालिका बीच हुने र १७ गते फाइनल हुनेछ । जनकपुर बोल्ट सहप्रायोजक रहेको सो प्रतियोगिताको विजेता, उपविजेता, म्यानअफ द म्याच, म्यान अफ द सिरिजका विजेताहरुलाई नगद सहित ट्रफीको व्यवस्था गरिएको र सबै खेलहरुको प्रत्यक्ष प्रशारण राष्ट्रिय टेलिभिजन, युट्युव, फेसबुकमा हेर्न सकिने संयोजक कार्कीको भनाई छ । सो पत्रकार सम्मेलनमा रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साह , सदस्य गौतम श्रेष्ठ लगायतको उपस्थिीती रहेको थियो । कायक्रममा बोल्दै अध्यक्ष साहले रौतहट जिल्लामा क्रिकेटको विकास गर्न र नयाँ खेलाडीहरुको उत्पादन गर्न यस्ता प्रतियोगिताहरु कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

messenger creation 996c9918 596d 47e2 b152 448d851f74704465274007959059992

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: