हरिहरपुरगढी गुर्जीडाँडा स्थित सम्झना प्राविको नवनिर्मित भवन उद्घाटन

सिन्धुलिको हरिहरपुरगढी गाउँपालिका–१ गुर्जीडाँडा स्थित सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । आज एक समारोहबीच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले भवनको उद्घाटन गर्नुभएको हो ।

Raksani dada ban

विद्यालयको सुन्दर भवनबाट बालबालिकालाई उन्नत ज्ञान र चेतना प्रवाह गर्ने सामर्थ्य राख्ने अपेक्षा व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनले नवनिर्मित विद्यालयमा आवश्यक सामग्री डेस्क बेञ्चका साथै घेराबार, शौचालय, खेलकुद चौरलगायत पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

img 20241118 wa00086402869057993356908

त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले विद्यालयको भौतिक संरचना आकर्षक र सुन्दर बनेकाले अब विद्यार्थीलाई संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको भवन सबैको साझा सम्पत्ति भएकोले यसको रेखदेख गर्ने दायित्व स्थानीयकोसमेत भएको बताउनुभयो ।

संघीय सरकारको विशेष अनुदानमा उक्त विद्यालयको चारकोठे भवन निर्माण गरिएको हो । २०८० मङ्सिर २२ गते कुण्डलीनी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग ३५ लाख ६८ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले गत जेठ ३० गते विद्यालय भवन निर्माण सम्पन्न गरेको थियो । भवन निर्माण सम्पन्न हुँदा सम्झौता रकमभन्दा न्यून ३४ लाख ३७ हजार ८८० रुपैयाँ खर्च भएको सोमबार सार्वजनिक विवरणमा उल्लेख छ ।

20241118 1404416787352279412972582

गाउँपालिकामा गत आर्थिक वर्षमा संघीय सरकारको अनुदानबाट २ वटा प्राथमिक विद्यालयको भवन निर्माण सम्मन्न भएको तथा चालू आर्थिक बर्षमा ७ वटा विद्यालयको भवन निर्माण हुनेछ ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङ, वडा नम्बर ३ वडा अध्यक्ष कुल बहादुर भोलन,वडा नम्बर ५ का वडा अध्यक्ष साईला लामा ,पुर्ब पालिका उपाध्यक्ष अनिता कुमारी राई ,माओबादी केन्द्र प्रदेश सदस्य ज्ञान बहादुर राई,  राष्ट्रिय भुमी आयोग सिन्धुलीका पुर्ब अध्यक्ष बाबुराम राई, योजना शाखा प्रमुख राजु कुमार उप्रेती ,जिन्सी शाखा प्रमुख दिपक कार्की  इन्जिनियर बेन्जामिन श्रेष्ठ,सब इन्जिनियर विश्व थापा, शिक्षा शाखा प्रमुख यम कुमार अछामे, प्रेम बिश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.