हरिहरपुरगढीमा सहकारी सम्बन्धी नेतृत्व तथा क्षमता विकास तालिम


हरिहरपुरगढी गाउँपालिका भित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई ५ दिने आवशीय नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ। हरिहरपुरगढी गाउँपालिका आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) का रबिन्द्र श्रेष्ठ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कृष्ण हरि कोईरालाको प्रशिक्षणमा आजबाट तालिम संचालनमा आएको हो।
सहकारी संस्था सञ्चालनमा सञ्चालकहरूको क्षमता विकास, कार्यालय सञ्चालन व्यवस्था, सुशासन, बित्तीय विश्लेषण, संस्थाको मिसन, भिजनसहितको रणनीतिक योजना निर्माणजस्ता विषयमा तालिममा प्रशिक्षण दिइएको आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले जानकारी दिए ।
गाउँपालिका भित्रका विभिन्न सहकारी संस्थाका ३० जना सञ्‍चालक पदाधिकारी र कर्मचारीहरुको सहभागीता रहेको छ ।
सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका कार्यकारी, नेतृत्वदायी तथा संयोजनकारी हुनुपर्ने भएकोले सहकारी सञ्चालनको विधि र प्रक्रिया राम्रोसँग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुँदै जाने भएकाले सहकारीका पदाधिकारी र कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।
सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापक तथा पदाधिकारीले सहकारी ऐन, नियम, संस्थाको विनियम, निर्देशिका लगायतका विषयमा जानकारी राख्नु पर्ने भएकाले व्यवस्थापक तथा पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको तालिम संयोजक तथा आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले जनाएको छ ।
सहकारीको दिगो विकासका लागी संस्थागत सुशासन र कार्यसम्पादन स्तरलाई बढाउन संस्थाहरुले सदस्य केन्द्रित गतिविधिहरूलाई सघनता प्रदान गरी वित्तीय रूपमा सदस्यलाई आत्मनिर्भर बनाउनेतर्फ सहकारी सस्थाहरु केन्द्रित हुन् भन्ने उद्देश्यले यस अघि नै कार्त्तिक १२ गते १६ गते सम्म ५ दिने लेखा व्यवस्थापन तालिम पनि सञ्चालन गरिएको आर्थिक विकास शाखाका प्रमुख संजित कार्कीले बताए।
सहकारी संस्थाको समग्र व्यवस्थापन, वित्तीय अनुशासन, प्रभावकारी सदस्य सेवा, सहकारी सम्बन्धी प्रचलित कानुनको अनिवार्य परिपालन गर्नमा यो तालिम अर्थपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: