हरिहरपुरगढीमा हाइब्रिड मकैको बीउ उत्पादन सुरु

झनझने मंसिर २, झनझने: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा नेपाली हाइब्रिड मकैको बीउको परीक्षण उत्पादन सुरु गरिएको छ । आइतबार जिल्लामै पहिलोपटक गाउँपालिकामा बीउ उत्पादनका लागि परीक्षण सुरु गरिएको हो ।

बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले आइतबार गाउँपालिकाको एक हेक्टर जमिनमा हाइब्रिड मकैको बीउ रोपेको छ । केन्द्रका प्रमुख राजन ढकालको उपस्थितिमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवन नेपालका वरिष्ठ बैज्ञानिक डाक्टर महेन्द्रप्रसाद त्रिपाठी, अर्का वैज्ञानिक मनोज कँडेल तथा बाली विकास अधिकृत सिर्मला योन्जनसहितको विज्ञ टोलीले बीउ रोपेको हो ।
आइतबार रोपिएको बीउ आरएमल–१८ नामको भाले जातका मकैको भएको जानकारी दिइएको छ । भाले जातको मकैको बीउ रोपेको तीन दिनमा मात्रै आरएमल–१५० नामको पोथी जातको मकै रोपिने विज्ञ टोलीको भनाइ छ ।

भालेको धानचमरा आउने समय र पोथीको सुत्ला आउने समय एउटै होस् भनेर तीन दिनको फरकमा रोपिने केन्द्रका प्रमुख ढकालले बताउनुभयो । “भाले मकै भन्नाले मकैको धानचमरा र पोथी भन्नाले मकैको सुत्लालाई बुझिन्छ । भाले र पोथीको क्रसबाट हाइब्रिड उत्पादन गर्छौं । दुई फरक प्रजातिको बीउ लगाउँछौं । पोथी जातको मकै वृद्धि हँदै गर्दा धानचमरा पूरै हटाउँछौं । यसरी भाले र पोथी क्रसिङबाट उत्पादन हुने बीउ ’हाइब्रिड बीउ’ हुन्छ । अर्को सिजनमा सोही बीउ लगाउँदा धेरै उत्पादन हुन्छ,” प्रमुख ढकालले भन्नुभयो ।

messenger creation 2f21fae7 2ab7 4669 bfbb 24b2acb1ccb57410999171024667186 1

कृषि विकास कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिकाको तदारुकतामा पहिलोपटक सो गाउँपालिकामा नेपाली हाइब्रिड मकैको बीउ उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो । “हाइब्रिड बीउ उत्पादनका लागि यो ठाउँ उपयुक्त छ । यहाँ अन्य मकै पनि उत्पादन राम्रो देखेका छौँ,“ उहाँले भन्नुभयो । यो पटक उत्पादन भएको बीउ अर्कोपटक गाउँपालिकाका सम्पूर्ण कृषकलाई वितरण गर्न पुग्ने प्रमुख ढकालले बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जिल्लामै पहिलोपटक हरिहरपुरगढीमा परीक्षण सुरु हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले यो परीक्षण सफल भए पालिकालाई मकै उत्पादनमा आत्मनिर्भर बनाउँदै आर्थिक उपार्जनमा जोड्ने धारणा व्यक्त गर्नुभयो ।
अन्य अन्नबाली उत्पादन बढाउनका लागिसमेत परीक्षण गरिदिन अध्यक्ष वाइवाले विज्ञ टोलीसँग अनुरोध गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले यस्ता कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था गरिने बताउनुभयो ।

fb img 17318568975815300383379244568633

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: