डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो।

मूल्य वृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ ५० पैसा कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ।पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ।

pe

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: