Skip to content

हरिहरपुरगढीको जितपुरमा नेपाल टेलिकमको टावर स्थापना हुने

हरिहरपुरगढीको जितपुरमा नेपाल टेलिकमको टावर स्थापना हुने
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिकाको विभिन्न स्थानमा टेलिकम टावर सर्भे भएको छ त्यस्तै तथा वडा नं.१ मा रुफ टप बिटि ए स  टावर स्थापनाको लागी हरिहरपुरगढी स्वास्थ्य चौकीको छत प्रयोग गर्ने सम्वन्धी सम्झौता भएको छ । नेपाल टेलिकम(दुरसंचार कम्पनी लिमिटेड) वायरलेस सेवा निर्देशनालयका ईन्जिनियर सुर्वण बस्ताकोटी, प्राविधिक अधिकृत बिष्णु भण्डारी,सहायक प्रशासकीय अधिकृत पुष्पराज गुरागाई लगायत टोलीलाई फिल्ड सर्भे तथा सम्झौता भएको हो। सम्झौतामा गाउँपालिका अध्यक्ष श्री बज्रध्वज वाईबा प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र कुमार पैकरा लगायत अन्य शाखागत कर्मचारीहरको उपस्थिती थियो।

त्यस्तै टेलिकम कर्मचारी र गाउँपालिका अध्यक्ष वाईबा सहितको टोलीले वडा नं.५ स्थित सिमरास डाडाँमा टावर स्थापनाको लागी स्थलगत निरिक्षण समेत गर्नु भएको थियो। वडा नं.६ को लेखटोल, वडा नं.७ को भुताहा डाँडा पहिले नै स्थलगत निरिक्षण सम्पन्न भईसकेको छ।साथै सर्भै भईसकेको अन्य सवै स्थानहरुमा टेलिकमको टावर निर्माणको प्रकिया शुरु गर्न लागेको नेपाल टेलिकमबाट आउनु भएको प्रतिनिधिहरुले बताउनुभयो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts