प्रधानाध्यापक बम्जन माथि अज्ञात समुहद्वारा गोली प्रहार


सर्लाही र सिन्धुलीको सिमाना स्थित हरिहरपुरगढी गाउँपालिका ६, स्थित सिन्धुली सर्लाही कर्मैया सडक खण्डमा अज्ञात समुहको गोली प्रहारबाट एक जना प्रधानाध्यापक गम्भिर घाइते भएका छन ।

गोली लागेर मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ निवासी प्रेम बहादुर बोम्जन गम्भिर घाइते भएका हुन । अज्ञात समुहले प्रहार गरेको गोली बोम्जनको बायाँ बंगारा मुनी अडकिएको प्रहरीले जनाएको हो ।
घटना लगतै सर्लाहीको बागमती नगरपालिका–११, स्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक कलम बहादुर साहीको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको थियो । घाइतेलाई तत्काल उद्धार गरी सर्लाहीको बागमती स्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बारा रिफर गरिएको प्रहरीले जनाएको छ ।
बोम्जन रौतहटको गैयाटार स्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४० प ६६४६ नम्बरको मोटर साइकलमा घर फर्कदै गर्दा ३/४ जनाको समुहमा रहेका अज्ञात समुहले आक्रमण गरेको प्रहरीको भनाई छ ।उनि मकवानपुर जिल्लाको बकैया गाउँपालिका स्थित बुद्ध माध्यामिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक समेत रहेको खुलेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । घटना स्थल सर्लाही सँग सिमाना जोडिएको स्थान भएको र सिन्धुलीको प्रहरी टोली घटना स्थल जादैँ गरेको उहाँले बताउनुभयो । तत्कालका लागि घटना स्थल सर्लाही प्रहरीले सुरक्षित गरेको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: