“विदा नै विदाले घेरिदै सामुदायिक विद्यालय”-डिल बहादुर घलान

आजकाल नेपालका सामुदायिक विद्यालयका शिक्षा सुकेर चुम्रेको वस्तु जस्तै भयो ।मेरो विद्यालयमा आफू अध्ययन गरेको समय र शिक्षण कार्यकालको १८ वर्षको अनुभवबाट के कुरा बुझ्दै छु कि,मानिसको आयु अर्थात अवस्था सङ्गै शिक्षा नि वुढाे यसो लेख लेख्दै गर्दा मलाई नि होइनन् हो जस्तो लाग्छ तर यसको तात्पर्य के हो भने, हाम्रो सामुदायिक विद्यालय नसुध्रीनुको मुख्य कारण बन्दै छ (विदा) सामुदायिक विद्यालयको गुणस्तर वारे धेरैजसो ले धेरै विषयमा रिसर्च गरेका देखिन्छ पर्याप्त तालीम प्राप्त शिक्षकको अभाव,भौतिक अवस्थामा कमी, शैक्षिक लगानीमा कमी,राजनीति अस्थिर,शिक्षक मित्रहरूको लापरवाही ,पाठ्यक्रममा दाग,नीतिनिर्माता र कार्यन्वयनमा फितलो इत्यादि ।तर यी सबै कुरामा सहमत हुँदै पनि मेरो व्यक्तिगत अनुभव के हो ?भन्ने प्रश्नको जवाफ हो( विदा) अर्थात विद्यालय बन्द।

नेपालमा राष्ट्रिय वार्षिक शैक्षिकसत्र २२० दिन विद्यालय खोली औसतमा १८० दिन पढाइ हुने भनी तोकिएको छ।३६५ दिनमा जम्मा १८० दिन शैद्धान्तिक पढाइ ४९.३१ % विद्यालय खोली ८ -१० विषयको परीक्षा सञ्चालन गरि दक्ष जनशक्ति खोजीमा छौ ।अझ कतिपय सामुदायिक स्कुलहरु त ८० – १०० दिन पनि नखोलेको र खोले पनि पढाइ नभएको महसुस अनि हामी देशविकासको नारा लाउछौ ,शिक्षामा गुणस्तर खोज्छौ।केरा रोपेर कागतीको आशीर्वाद दिने हाम्रो मान्यता कर्कलाको पातको पानी जस्तै नभई के हुन्छ र?शैक्षिक विकेन्द्रीकरण अलव शिक्षा हेर्नं अधिकार स्थानीय तहमा आइसकेपछि कम्तीमा पनि विद्यालय शिक्षाका लागी स्थानीय शिक्षाको मोडेल बनाइ आजको परिवेश अनुरूप ५० % सैद्धान्तिक र ५० % प्रयोगात्मक शिक्षण कार्य सुरुवात गरेमा अवश्य पनि गरि खाने र बजारमा बिग्ने शिक्षा प्रदान गर्न सकिन्छ नत्र शिक्षाको लगानी बालुवामा पानी जस्तै हुनेमा दुई मत छैन भन्ने मेरो व्यक्तिगत विचार छ।

नेपालको शिक्षा प्रणालीमा वर्ष बिदा ४५ दिन ,परीक्षा बिदा, स्थानीय बिदा जातीयतामा आधारित विभिन्न पर्व बिदा ,मुख्य पर्व मानिने दशै ,तिहार को एक महिना लामो बिदा ।यी विविध विदाहरुलाई तपाईं हामी सबै मिलेर घटाइ कम्तीमा पनि स्थानीय तहको शिक्षा ५० % सैद्धान्तिक र ५० % प्रयोगात्मक रुममा फिल्डमै गर्ने व्यवस्था भएमा हामीले अरुको देशमा पसिना बगाउनु पर्दैन थियौ । अन्त्यमा, म के लेख्न चाहान्छु भने यत्रो लामो विदामा म र हामी शिक्षकमा अन्योलपन बढने,र विध्यार्थी नानिबाबुहरुले पनि गलत संगत रोजि सिकेका विषयवस्तु विस्मारण हुने हुँदा ,विविध खालको विदाहरु खारेजी गरि विद्यालय सञ्चालन हुने वार्षिक कार्य दिन बढाइ एक शैक्षिक क्रान्ति गरौं ।एक शिक्षित र नमुना रोजगारिले भरिपुर्ण हरिहरपुरगढी गाउँपालिका निर्माणका लागि परिकल्पना गरौं ।

लेखक:डिल बहादुर घलान- श्री मा वि कर्मिडाँडा चिसापानी,हरिहरपुरगढी गाउँपालिका -१ चिसापानीका प्रधानाध्यापक हुनुहुन्छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: