हरिहरपुरगढी,कार्तिक १:सिन्धुलीको हरिहरपुरगढी -६ मोरङ्गे डाडा नजिकैको पहिरोमा परि एक महिला घाइते भएकी छिन। बिहीबार बिहान सिन्धुलीबाट सर्लाही तर्फ पैदल जादै गरेकी स्थानिय हरिहरपुरगढी-२ पर्तानी की ३४ वर्षीया सुमित्रा पहरी माथि भीरबाट सुक्खा पहिरो खस्दा घाइते भएकी हुन्। घाइतेलाई तत्कालै स्थानीयले उद्धार गरि सर्लाहीको बागमती नगरपालिका -१२ स्थित बागमति मोडल हस्पिटलमा उपचारको लागि लगिएको थियो,उनि संगै रहेका छोरालाई केही नभएको स्थानीयले बताए। हस्पिटलका डाक्टर सन्तोष महतोका अनुसार घाइतेको दाहिले खुट्टा भाँचिएको छ भने ढाडमा चोट र देब्रे हातमा भाँचिएको बताए।पहिरोले मान्छे पुरेर घाइते भएको थाहा पाए लगत्तै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको निर्देशनमा आजै बिहान हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ को मोरङ्गे भीरको पहिरोमा अवस्था बुझ्न योजना शाखा प्रमुख राजु उप्रेतीलाई पठाउनुको साथै बाटो खुलाउन ब्याक्लोडर पठाइएकोमा पहिरो झरिरहेकोले काम गर्न समस्या रहेको योजना शाखा प्रमुख राजु उप्रेतीले बताए।
7