मकवानपुरमा खोलामा डुबेर एक वालिकाको मृत्यु

बागमती।मकवानपुरको बागमतीमा पौडी खेल्न गएकी १३ वर्षीया बालिकाको चिरुवा खोलामा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर घर भई हाल मामाघरमा बस्दै आएका सन्तोष तामाङकी छोरी रुबिना तामाङ रहेकी छिन् ।

मकवानपुर प्रहरीका अनुसार बागमती गाउँपालिका- १ हात्तीढुङ्गास्थित चिरुवा खोलामा डुबेर उनको मृत्यु भएको हो। रुबिनासहित तीनजना चिरुवा खोलामा नुहाउने क्रममा  रुबिना डुबेको भनी निजकी बहिनी यलिना तामाङले घरमा खबर गरेकी थिइन् ।

खबर पाउनासाथ हजुरबुबा दुखुवा राईसहित छिमेकीहरूले रुबिनालाई उद्धार गरी उपचारका लागि बागमती -४ झुरझुरेस्थित सान्भी हेल्थ क्लिनिकमा पुर्‍याएको थियो ।तर रुबिनालाई डाक्टरले मृत घोषणा गरेको थियो। मृतक रुबिनाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: