सिन्धुली हरिहरपुरगढीको भाईरल जङ्गलमा सरसफाई

झनझने , असोज २९:सिन्धुलीको हरिहरपुरगढीमा मंगलबार हरिहरपुरगढी गाउँपालिका कार्यालय आसपास रहेका बजार सडकमा सरसफाई भएको छ ।पालिका अध्यक्ष बज्रध्वज वाईवाको नेतृत्वमा बडा दशैं, तिहार, छठ, ल्होछार लगायतका पर्वहरुको अवसरमा वडा नं. २ स्थित भाईरल जङ्गल, श्रीपुर बजार हुँदै चैनपुर बजारसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

1000002341

सरसफाईमा आफू स्वयम खटिदै पालिका प्रमुख वाईबाले सुरुवात आफैबाट गर्नुपर्ने र आफ्नो ठाउँ , टोल,चोक,गाउँ हामी आफैले सफा राख्नुपर्ने बताउनुभयो त्यस्तै हरिहरपुरगढी कै चर्चित भाईरल जङ्गलमा सुरुवातमा फोहोर राख्ने डस्बिन ,खानेपानी, सौचालय सहितको व्यबस्थित पार्क बनाउने बताउनुभयो ।

1000002339

कार्यक्रममा निवर्तमान गाउँपालिका उपाध्यक्ष अनिता कुमारी राई, वडा अध्यक्षद्वय विश्व राई र कुल बहादुर भोलन, कार्यपालिका सदस्यद्वय सन्तली राई र मोहनकाजी वि.क.,कर्मचारीहरु, प्रहरी,नगर प्रहरी , राजनीतिक दलका प्रतिनिधि, बजार व्यवस्थापन समितीका पदाधिकारी, बुद्धिजीवी , व्यापारी र स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: