झनझने,असोज २२: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले बाढी पिडितलाई राहत वितरण गरेको छ।पालिकाको वडा नम्बर २ र ३ का असोज ११ र १२ गतेको अविरल वर्षा र बागमती नदीमा आएको बाढीले प्रत्यक्ष रुपमा असर पारेका विपद् प्रभावित परिवारहरु लाई राहत वितरण गरिएको हो। सिन्धुली क्षेत्र नम्बर २ का संघिय सांसद लेखनाथ दाहाल ‘राजन’, गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा, दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी, उपप्रमुख चन्द्रकिशोर थारु, वडा नं ४ का वडाध्यक्ष तथा प्रवक्ता कमल कुमार राई, वडा अध्यक्षहरु,कार्यपालिका सदस्य तथा शाखा प्रमुख कर्मचारीहरुको उपस्थितिमा राहत वितरण कार्यक्रम वितरण गरिएको हो ।
दशैँको नजिकमा घरमा अन्न समेत नहुनेलाई राहत बाडिएको साथै वडा नम्बर १ मा दोश्रो चरणमा राहत वितरण गरिने बताउनु भयो। वडा नम्बर २ मा ६ घरपरिवार ,वडा नम्बर ६ का १ घरपरिवार , वडा नम्बर ३ का ५१ घर धुरीलाई राहत बाडिएकोअध्यक्ष वाईबाले बताउनुभयो।
त्यस्तै अविरल वर्षा र बागमती नदीमा आएको बाढीले प्रत्यक्ष रुपमा असर पारेका विपद् प्रभावित परिवारहरुलाई राहत,उद्दार तथा पुन-उत्थानको लागी सहयोग स्वरुप जनसेवा फाउन्डेसन सिन्धुलीको तर्फबाट प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले रु. २० हजार र दुधौली नगरपालिकाको तर्फबाट मेयर दिनेश अधिकारी र उपमेयर चन्द्र किशोर थारुबाट रु १ लाखको चेक गाउँपालिका अध्यक्ष श्री बज्रध्वज वाईबा ई हस्तानन्तरण गरिएको थियो।