बागमती गाउँपालिकाबाट करिब १ करोड बराबरको खसीबोका विक्री

बागमती: बागमती गाउँपालिकाबाट करिब १ करोड रुपैयाँ बराबरको खसीबोका विक्री भएको छ । शनिबार र आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बागमतीबाट १ करोड बराबरको खसीबोका खरिद गरेको हो । कम्पनीले ४ सय ८८ वटा खसीबोका विक्री भएको गाउँपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख डा. विमोचन पौडेलले जानकारी दिनुभयो । असोज १८ तथा २० गते गाउँपालिकाका विभिन्न स्थानबाट खसीबोका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरि काठमाडौं पठाएको थियो । करिब १ करोडको खसी बोका विक्री भएको उहाँको भनाइ छ ।

badd2345 e7d8 4d10 a27b d451502a1927

उहाँका अनुसार कृषकहरुले विक्री स्थलमै खसीबोकामा रकम पाएका छन् । जिउँदो खसी २० देखि २५ केजीसम्मलाई प्रतिकेजी ५ सय ८५ रुपैयाँ, २५ केजीभन्दा माथिलाई प्रतिकेजी ६ सय ५ रुपैयाँ मूल्य तोकिएको छ । यस्तै, १८ केजीभन्दा माथिका बोकालाई प्रतिकेजी ५ सय ७० रुपैयाँ खरिद मूल्य तोकिएको थियो । गाउँपालिकाका पशुपंक्षी शाखाका प्राविधिक राजेन्द्र गोलेका अनुसार यसअघि लगातार दुई वर्ष पनि कम्पनीले बागमतीबाट खसीबोका खरिद गरेको थियो । बागमतीमा सुरुको वर्षमा १ सय ५ वटा र दोस्रो वर्ष ३ सय ५० वटा खसीबोका खरिद गरेको उहाँले बताउनुभयो । गाउँपालिकाका तर्फबाट अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र कम्पनी बिरगंज शाखाका प्रमुख पंकज कुमार झा र वरिष्ठ सहायक समीर दाहालले खसीबोका खरिद विक्रीको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: