सिन्धुलीको हरिहरपुरगढीमा बस पल्टिदा २ को मृत्यु ,विवरण आउन बाकि

झनझने,असोज २१:सिन्धुलीको हरिहरहरपुरगढी ५ बार्हबिसे नया बस्ति स्थित द्वारखोला पुलमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। काठमाडौबाट भाेजपुर जाँदै गरेकाे बागमती प्रदेश ०१ -००६ – ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो। हरिहरहरपुरगढी वडा नम्बर ४ का वडाअध्यक्ष कमल कुमार राईका अनुसार गाडि अनियन्त्रित भैइ पुलमा ठोक्किएको बताउनुभयो। दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार दर्जनौ घाइते भएको हरिहरहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले जानकारी दिनुभयो । दुर्घटना स्थलमा प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्। 

दुर्घटनाका गम्भीर घाइतेहरूको उद्धार गरेर मरिण गाउँपालिका-६ कपिलाकोट र सिन्धुली अस्पताल तर्फ ल्याइँदै गरिएको छ। केही घाइतेको हरिहरपुरगढी-४ को महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा उपचार भइरहेको अध्यक्ष वाइबाको भनाई रहेको छ |मृत्यु हुनेमा हसेली ३ खोटाङ घर भएका बर्ष ३१ का दिपेन्द्र राई र सोही ठेगाना भएका बर्ष २४ का उपेन्द्र राई रहेका छन ।घाइतेहरुको उपचार स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको र बिस्तृत विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: