Skip to content

हरिहरपुरगढी गाउँपालिका प्रवेश गर्ने सबै सडक खुलाउदै

हरिहरपुरगढी गाउँपालिका प्रवेश गर्ने सबै सडक खुलाउदै
प्रकाशित:
शब्दको आकार

झनझने,अशोज २०:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले बर्षातपछि भत्केका बाटोलाई संचालनमा ल्याउन बाटो खुलाउने कामलाई तिब्रता दिएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाको विशेष पहलमा चाडपर्वलाई मध्यनजर गर्दै बाटो खुलाउने काम अति तिब्रता लिएको छ। वडा नम्बर २ को बखफर मोरङ्गे सडक खण्ड,झिवाडी बन्चरे,माथिल्लो बखफर,वडा नम्बर ७ भुताहा,केवनचुली सडक खण्ड,वडा नम्बर ५ को सिम्रास चारघरे सडक ,वडा नम्बर ३ को कुशदमार, हायुटार वडा नम्बर ८ को नम्बर अत्रौली हुँदै धुम्बे पथराही सडक ,वडा नम्बर १ को गुर्जी चिसापानी ,हरिहरपुरगढी सडक खण्ड खुलाउने काम भैरहेको छ।

चाडपर्बमा आफ्ना पालिकाबासी बाटोको कारण दुख नपाउन भन्ने उद्देश्यले बाटो खुलाउने काम तिब्र रुपमा भैरहेको अध्यक्ष वाइबाले बताउनुभयो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts