हेटौडा ,असोज १९ :मकवानपुरको बागमती-८ साततलेमा इभि गाडी दुर्घटना भएको छ। बिहान काठमान्डौबाट धरान जाँदै गरेको प्रदेश १-०२ / ००१ ज ४३२८ नम्बरको ईभी माइक्रो बागमती गाउँपालिका ८ सात्ततलेमा दुर्घटना हुदा गाडीमा सवार १२ जना घाइते भएका छन् गाडी अनिन्त्रित भैई दुर्घटना भएको स्थानीय करण स्याङतानले जानकारी दिएका छन् ।
दुर्घटनामा कुनै मानवीय घटना नभएको अरु यात्रु सामान्य घाइते भएको र एक जना महिला गम्भीर घाइते भएकोले उपचारको लागि हेटौंडा पठाइएको बताए । थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
11