बागमतीको माझगाउँमा आजबाट टोल स्तरिय फुटबल सुरु

बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर १ मा दसैँको अवसरमा टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

Raksani dada ban

बागमती गाउँपालिका १ नम्बर वडा कार्यालयको समन्वय तथा श्रमजीवी युवा मञ्चको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेल भोलि अथवा असोज १८ गते शुक्रबारका दिन गुम्बाटोल युवा टिम र गुर्दुम युवा टिम बीच हुने आयोजक संस्थाका अध्यक्ष राजकुमार राईले जानकारी दिनु भयो । विजया दशमीको अवसरमा वडाका युवाहरु जमघट हुने भएकोले एकअर्का सँग भेटघाटको अवसर जुराउने, रमाइलो गर्ने तथा मित्रतालाई कायम राख्न साथै फुटबल खेललाई टोलस्तरमा आकर्षण गर्दै खेलकुदको विकास एवं प्रवर्धनमा थोरै भएपनि टेवा पुग्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको अध्यक्ष राईले बताउनु भयो ।

प्रतियोगिता सूर्य माध्यमिक विद्यालयको खेलमैदानमा हुने भएको छ । उक्त प्रतियोगिता असोज  १८ गते देखि २४ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १ नम्बर वडा अन्तर्गतका  माझगाउँ युवा फुटवल टिम, श्रमजीवी युवा मञ्च ,गुम्बाटोल युवा टिम “ए”, गुम्बाटोल युवा टिम “बी”,  बन्जरे युवा टिम, गुर्दुम युवा टिम, हात्तीढुङ्गा युवा टिम, बोटगाउँ युवा टिम, रामपुर युवा टिम, कोपिला युवा क्लब “ए” र कोपिला युवा क्लब “बी” गरी जम्मा एघार टिमको सहभागिता रहेको अध्यक्ष राईले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी छनोट एवम् पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.